इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना — OSNepal

इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना

LC (KTM) August 25, 2021 0

आज २५ अगस्ट । २५ अगस्टमा विश्व इतिहासमा महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटना भएका थिए, जुन अहिलेसम्म पनि चर्चामा छन् । प्रस्तुत छ आजको दिन विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाः

निल आमस्ट्रोङको निधन

अमेरिकी अन्तरीक्ष यात्री निल आमस्ट्रोङको सन् २०१२ को अगस्टमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनी सन् १९६९ को जुलाई ६ मा अन्तरीक्षमा पाइला टेकेका थिए । उनी ६ घन्टा ३९ मिनेटसम्म अन्तरीक्षमा बसेका थिए । ‘एउटा सानो पाइला सम्पूर्ण मानवजातकै लागि ठूलो खुड्किलो’ भन्ने उनको भनाई अहिले सम्म पनि चर्चित छ ।

उरुग्वे स्वतन्त्र राष्ट्र घोषित

सन् १८२२ मा अहिलेको ब्राजिल र उरुग्वेले पोर्चुगलबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । घोषणाको बाबजुद उसको स्वतन्त्रतालाई केही देशले मान्यता दिएका थिएनन् । सन् १९२८ को अगस्ट २५ मा भएको मोन्टेभिडियो सम्झौतामा हस्ताक्षर भएपछि उरुग्वेलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको थियो ।

दी सनले सुरु गर्यो लेख प्रकाशन

अमेरिकाको प्रतिष्ठित पत्रिका दी सनले सन् १८३५ अगाडिसम्म लेख रचना प्रकाशित गर्दैनथ्यो । न्युयोर्कमा कार्यालयमा रहेको यस पत्रिकाले सोही वर्षको अगस्ट २५ को मिति पारेर श्रंखलाबद्ध लेख प्रकाशन गरेको थियो । पत्रिकाले चन्द्रमामा सभ्यताको विकासबारे गहन ढंगले व्याख्या गरेको थियो ।

पेरिसको स्वतन्त्रता

आजकै दिनले पेरिसले नाजीबाट स्वतन्त्रता पाएको थियो । नाजीविरुद्ध सन् १९४० को १९ अगस्टमा भएको आन्दोलन २५ अगस्टमा समाप्त भएको थियो । नाजी सेना र फ्रान्सको सशस्त्र समूहका सदस्यबीच युद्ध भएको थियो । फ्रान्सेली सदस्यलाई जनरल जर्ज प्याटनको नेतृत्वमा रहेको अमेरिकी सशस्त्र फौजले सहयोग गरेको थियो । नाजी कमाण्डर जनरल डिट्रिच भोन चोल्टिजले फ्रान्सेली फौजसमक्ष आत्मसमर्पण गरेका थिए । २६ अगस्टमा जनरल चाल्र्स डी गाउले पेरिस प्रवेश गरेर स्वतन्त्र र्‍यालीको नेतृत्व गरेका थिए ।

तारामा पुग्ने पहिलो यान

सन् २०१२ को अगस्ट २५ मा नासा भोयजर तारा नजिक पुग्ने पहिलो अन्तरीक्ष यान बनेको थियो । भोयजरले सन् १९७७ को ५ सेप्टेम्बरमा हेलियोस्पेयर प्रस्थान गरेको थियो । सन् १९९० को फेब्रुबरीमा सो अन्तरीक्षयानले सौर्य प्रणालीका पहिलो तस्बिर पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर