‘अफगानिस्तान नर्क हो, त्यहाँ कोही नबसोस’ — OSNepal

‘अफगानिस्तान नर्क हो, त्यहाँ कोही नबसोस’

LC (KTM) August 25, 2021 0

लन्डन, ९ भदौ-१२ घन्टाअगाडि काबुल विमानस्थलबाट उद्दार गरिएका एक अफगानीले तालिवानको सत्ता कब्जापछि निकै सास्ती पाए । २४ घण्टासम्म उनले पानी समेत पिउन पाएनन् । अफगानिस्तानमा खटिएको बेलायती सेनाका लागि दोभाषेका रुपमा काम गरेका उनी काबुल विमानस्थलमा चार महिनाको बच्चा बोकेर भोक निन्द्रा नभनि विमानस्थलमा बसिरहे । उनी बेलायत फर्किन चाहन्थे, तर तालिवानले देश छोड्न रोक लगाएका थिए । ४० डिग्री तापक्रमको परबाह नगरि उनी विमानस्थलमा बसिरहे र अन्ततः अहिले वेलायत पुग्न सफल भएका छन् । ‘कृपया मलाई यो नर्कबाट बाहिर लैजानुहोस ’ उनी काबुल बिमानस्थलमा बेलायती सेनासमक्ष याचना गर्थे ।

बेलायती सेनाले देश छोड्ने बेलामा उनले भनेका थिए, ‘म तपाइसँगै थिए । खतरनाक क्षेत्रमा पनि हामीले सँगै काम गर्यौ । अब मलाई अफगानिस्तानमा बिचल्लीमा नपार्नुहोस ।’

तालिवानले गत साता सत्तापलट गरेपछि विदेशी सेनासँगै काबुल छोड्न चाहने हजारौ मानिसहरुमध्ये उनी एक हुन् । ‘पानी र अन्न नखाई २४ घन्टादेखि पालो कुर्दै विमानस्थलमा उभिए ।’ बेलायत पुगेपछि ढुक्क बनेका उनी भन्छन् । काबुल विमानस्थलमा आफूले भोगेको पीडाबारे उनी अगाडि भन्छन, ‘मेरी छोरी केबल चार महिनाकी भइन’ तातो र कोलाहलले उनी बारम्बार चिच्चाउथिन् । मलाई साहै पीडा भएको थियो । ’

तालिवानले उनका साथीलाई यसअघि देश नछोड्न धम्की दिएका थिए । ‘उड्न नपाए तालिवानले हामीलाई जुनसुकै बेला हमला गर्थे । ’ उनी अगाडि थप्छन्, ‘हामी जस्ता अरु हजारौ दोभाषेको जीवन जोखिममा छ । उनीहरुको भविष्य अनिश्चित छ । अफगानिस्तान नर्क हो । अहिले म नर्कबाट स्वर्गमा आए । ’

अफगान पुर्नथापना र सहयोग नीति (एआरएपी) अन्तर्गत बेलायती सेनाका लागि काम गरेका अफगान दोभाषे र अन्य सहयोगीलाई बेलायत सरकारले आफूसँगै लैजाने गरेको छ । तर उनीहरुलाई तालिवानले काबलु छोड्न विभिन्न अबरोध गरेको छ । सो नीति अन्तर्गत अझै पनि दुई हजार अफगानीलाई बेलायत लैजान बाँकी छ
पछिल्लो एक सातामा काबुलबाट साढे १८ हजारलाई स्वदेश फर्काइएको बेलायतका सशस्त्र फौजसम्बन्धी मन्त्री जेम्स हिप्पेले बताएका छन् । २४ घन्टाको समयमा बेलायतका विमानले काबलुबाट ९ ओटासम्म उडान भरेका छन् ।

बेलायतले ३१ अगस्टसम्म अफगानिस्तानबाट आफ्ना सबै सेना फर्काउन अमेरिकी सेनासँग सहकार्य गरिरहेको छ । विदेशीले निर्धारित समयभित्र अफगान मैदान खाली नगरे आक्रमण गर्ने चेतावनी तालिवानले दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर