भारतमा सवै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्घ गराइने–स्वास्थ्य मन्त्री — OSNepal

भारतमा सवै राज्यलाई अगस्तभर थप दुई करोड डोज खोप उपलब्घ गराइने–स्वास्थ्य मन्त्री

Kesh Karki (USA) August 25, 2021 0

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिनुभएको छ ।केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्वीटरमार्फत बताउनु भएको छ ।

यस महिनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोनाभाइरस विरुद्धको खोप र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उहाँले थप जानकारी दिनु भएको छ ।त्यसैगरी भारतमा अगस्ट २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर