बादललाई नेपालले दिएनन् साथ, भने आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न सकिँदैन — OSNepal

बादललाई नेपालले दिएनन् साथ, भने आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न सकिँदैन

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । नेकपा )एमाले) का गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा निर्वाचनमा माधव नेपालबाट सघाउने सहमति नभएको बुझिएको छ । वरिष्ठ नेता माधव कुमार नेपालको स्वकिय सचिव मोहन गौतमले समाजिक सञ्जाल मार्फत यसको खुलासा गरेका हुन् ।

आज मंगलबार कमरेड राम बहादुर थापा नेपा निवास बोटेश्वरमा पुगी पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न आग्रह गरेका भएपनि नेपालले भने अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेको गौतमले बताएका छन् । नेपालले केहि गर्न नसकिने भनेपछि बादलले मतदातालाई स्वविकेक प्रयोग गर्न प्रस्ताव राख्दा नेपालले यस विषयमा सहमति भएपनि कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न समेत सबैलाई अनुरोध गरिएको छ ।

नेता नेपालका स्वकिय सचिव मोहन गौतमले लेखेका छन्:आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्व प्रधानमन्त्री  माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर