एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक — OSNepal

एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक

LC (KTM) August 26, 2021 0

विराटनग, १० भदौ । एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश १ संसदीय दलको नेतामा बिहीबार सर्वसम्मत चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको हो ।

आचार्यका भाइ रामप्रसाद आचर्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामप्रसाद आफ्नै कोठमा मृत भेटिएका हुन् । कोठाको ढोकाको चुकुल लगाएर सुतिरहेको अबस्थामा उनको शव भेटिएको हो ।

भीम आचार्यलाई प्रदेश १को मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेतामा चयन गरिएकै दिन भाइ रामप्रसाद मृत फेला परेका हुन् । घटनास्थलमा मृतकका आफन्तहरु आउनेक्रममा रहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाले जानकारी दिएका छन् ।
घरमा श्रीमती र आचार्य बस्ने गरेका थिए । श्रीमतीसमेत अलग कोठामा सुत्ने गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर