OSNepal शनिबार, मंसिर ११ २०७८

दुर्लभ वन्यजन्तु भालुको पित्तसहित बागलुङबाट ४० वर्षीय चित्रबहादुर समातिए

दुर्लभ वन्यजन्तु भालुको पित्तसहित बागलुङबाट ४० वर्षीय चित्रबहादुर समातिए

  • OSNepal
  • बिहिबार, भाद्र १० २०७८


दुर्लभ वन्यजन्तु भालुको पित्तसहित बागलुङबाट ४० वर्षीय चित्रबहादुर समातिए
Reading Time: < 1 minute

बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो ।

उहाँका अनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको छ । आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड