बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञामा कोही कसैलाई पनि कालोसूचीमा नराख्नु — OSNepal

बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञामा कोही कसैलाई पनि कालोसूचीमा नराख्नु

LC (KTM) May 19, 2021 0

काठमाडौँ- केही बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयमा समेत ऋणीलाई कालोसूचीमा राखेको पाइएपछि केन्द्रीय बैंकले कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञामा कोही कसैलाई पनि त्यस्तो सूचीमा नराख्न भनेको छ । कोरोनाका कारण प्रभावित ऋणीलाई राष्ट्र बैंकको यस्तो व्यवस्थाले सहुलियत प्रदान हुनेछ ।उक्त व्यवस्था पछि बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको एक महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना प्रकाशित गर्न नपाउने भएका छन् । पछिल्लो व्यवस्था पछि कोभिड–१९ सङ्क्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क समेत लिन पाउने छैनन् ।

निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्नेछन् । सो अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिनेछ ।

अक्सिजन उद्योग स्थापना गर्न ऋण
यसैगरी अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ऋण दिने भएको छ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा ऋण दिनुपर्नेछ ।स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु ५० करोडसम्म र अक्सिजन प्लाण्ट स्थापनाका लागि रु २० करोडसम्मको कर्जा लिन सक्नेछन् । त्यस्तो कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर