इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित — OSNepal

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

Kesh Karki (USA) August 26, 2021 0

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ ।राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो ।राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसद्बाट पारित भएको हो ।उहाँले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद् सचिवालयले जनाएको छ ।

शिक्षा मन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकताअनुसारको समर्थन नपुगेको जानकारी दिइएको छ ।उहाँले संसदमा गत शनिबार नामावली पेस गर्नु भएकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ ।मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारीक वेभसाइडमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर