कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज — OSNepal

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज

LC (KTM) May 19, 2021 0

काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाएपछि कोरोना संक्रमणबाट गत साता मृत्यु भएका यी केही उदाहरण मात्रै हुन् । अक्सिजन अभावका कारण त्यो साता ठूलो संख्यामा संक्रमितले ज्यान गुमाए । तर, स्वास्थ्य मन्त्रालयले पुनः जिम्मा लिएपछि अक्सिजन आपूर्ति केही सहज भएको छ । मन्त्रालयले कोटा प्रणाली पनि खारेज गरेको छ ।

सिसिएमसीले स्वास्थ्य मन्त्रालयको काममा हस्तक्षेप गर्दै गत २७ वैशाखमा अक्सिजन आपूर्ति र व्यवस्थापनको जिम्मा आफैँ लिएर कोटा प्रणाली लागू गरेको थियो । सेना र प्रहरीले अस्पतालहरूले प्रयोग गर्दै आएका सिलिन्डर अक्सिजन उद्योगबाट नियन्त्रणमा लिन थालेका थिए । सिसिएमसीको निर्णयपछि अस्पतालहरूमा अक्सिजनको चरम अभाव हुन थालेको थियो, जसले गर्दा पछिल्लो साता संक्रमणबाट मृत्यु हुनेको संख्यासमेत बढेको थियो ।

सिसिएमसीले कोटा प्रणाली लागू गरेको एक सातामा संक्रमणबाट एक हजार दुई सय ८१ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २७, २८, २९, ३० र ३१ वैशाखमा क्रमशः एक सय ३९, दुई सय २५, एक सय ६८, दुई सय १४ र दुई सय तीनजनाको मृत्यु भएको थियो । त्यस्तै, १ जेठमा एक सय ८७ र २ जेठमा एक सय ४५ जनाको मृत्यु भएको थियो । २८ वैशाखमा मृत्युदर १।०५ प्रतिशत पुगेको थियो, जुन कोरोनाको दोस्रो लहरयताको सबैभन्दा धेरै हो ।

सिसिएमसीले हचुवाका भरमा अक्सिजनको कोटा निर्धारण गरेको भन्दै निजी तथा सामुदायिकसँगै सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालयसँग असन्तुष्टि जनाएका थिए । चौतर्फी विरोध भएपछि चार दिनमै सिसिएमसीले अक्सिजन व्यवस्थापनबाट हात झिकेको थियो ।

अहिले स्वास्थ्य मन्त्रालयले अक्सिजन सहजीकरणका लागि ११ तहका सहसचिव डा। प्रकाश शाह र डा। रोशन न्यौपानेको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै टिम बनाएको छ । अस्पतालहरूले विगतमा जुन उद्योगबाट अक्सिजन लैजाने गरेका थिए तिनै उद्योगबाट आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर