आज बिहान गएको भूकम्पले घर भत्किँदा एकजना घाइते — OSNepal

आज बिहान गएको भूकम्पले घर भत्किँदा एकजना घाइते

LC (KTM) May 19, 2021 0

पोखरा । आज बिहान गएको भूकम्पमा परी घर भत्किँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा लमजुङ बेशिसहर नगरपालिका चनौटेका व्यक्ति रहेको बताइएको छ । आज विहान लम्जुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो । मर्स्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ ।

प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहान ५ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको थियो । कोरोना कहरले आत्तिएका सर्वसाधारण भूकम्पको कडा धक्का जाँदा आत्तिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर