डेढ महिनापछि विस्तार गर्नको लागेको मन्त्रिपरिषद्मा माधव नेपाल बने बाधक — OSNepal

डेढ महिनापछि विस्तार गर्नको लागेको मन्त्रिपरिषद्मा माधव नेपाल बने बाधक

LC (KTM) August 27, 2021 0

काठमाडौं ११ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनेको डेढ महिना पछि अब आउने साता मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

तर पनि देउवाले नेकपा (एकीकृत समाजवादी) दलको कोटामा पर्ने मन्त्री बाहेक मन्पिरिषद् विस्तार गर्न लागेका हु्न । भर्खरै मात्र दल दर्ता गरेको माधव नेपाल पक्षले आफुलाई ६ वटा मन्त्रालय छुट्टाएर मन्त्रिपरिषद् विस्तार गर्नु भनेका छन् ।

नेपालले तत्त्काल आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउन नसकिने भन्दै देउवालाई जानकारी गराएका हुन् । जसकारण डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार गरे पनि सरकारले भने पुर्णता नपाउन निश्चित भएको छ ।

हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् भने नेकपा (माओवादी केन्द्र)को तर्फबाट दुई जना मन्त्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर