अफगानिस्तानका पुर्व मन्त्री जर्मनीमा पिज्जा डेलिभर गर्न बाध्य, यो फोटो बाहिर आएपछि संसार नै चकित — OSNepal

अफगानिस्तानका पुर्व मन्त्री जर्मनीमा पिज्जा डेलिभर गर्न बाध्य, यो फोटो बाहिर आएपछि संसार नै चकित

LC (KTM) August 27, 2021 0

अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि त्यहाँका राष्ट्रपति सहित देशका अन्य शिर्षस्थ नेताहरु देश छोडेर भागेका छन् । यसैबीच अफगानिस्तानका एक मन्त्रीको जर्मनी बाट केही तस्बीर हरु बाहिर आएका छन् जस्ले सबैलाई सोच्न बाध्य बनाई दिएको छ ।

अफगानिस्तान सरकारका संचारमन्त्री समेत रहेका अहमद शाह सादतले तालिवान सत्तामा आउने बित्तिकै अफगानिस्तान छोडि दिएका छन् । उनी अहिले जर्मनीमा रहेका छन् । इहा न्युजले जुन तस्बीर ट्वीट गरेको छ त्यसमा अफगानिस्तानका पुर्व मन्त्री अहमद शाह जर्मनीमा पिज्जा डेलिभर गरिरहेको देख्न सकिन्छ ।

अहमद तालिवानले अफगानीस्तान कब्जा गर्दाको बेलाका मन्त्री भने होईनन् । उनले एक बर्ष अघि नै मन्त्री पद बाट राजीनामा दिएका थिए । अफगानिस्तानका पुर्वमन्त्री जर्मनीमा पिज्जा डेलिभरी ब्वाई बनेका छन् । उनी जर्मनमा पिज्जा डेलिभर गरेर आफ्नो गुजारा चलाई रहेका छन् ।

बाहिर आएको उनको तस्बीरमा उनी जर्मनीको लीपजिंगमा साइकलमा पिज्जा डेलिभर गरिरहेको देख्न सकिन्छ । उनको यो फोटो अहिले सामाजिक सञ्जालमा पुरा भाइरल भएको छ । यसलाई लिएर उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर