अफगान मेयर जो ट्याक्सीको खुट्टा राख्ने ठाँउमा लुकेर जर्मन भागिन् — OSNepal

अफगान मेयर जो ट्याक्सीको खुट्टा राख्ने ठाँउमा लुकेर जर्मन भागिन्

LC (KTM) August 27, 2021 0

काबुल, ११ भदौ- तालिवानको सत्तापलट अफगानिस्तानकै पहिलो महिला मेयर जारिफा घफारिका लागि निकै दुःखद क्षण थियो । तालिवान लडाकू राजधानी काबुल पस्दा उनले सोचेकी थिइन् अब बाँच्ने दिन धेरै छैन् ।

२९ वर्षीय घफारी महिला अधिकारका लागि अफगानिस्तानमा एउटा बिम्ब नै थिइन् । उनको सशक्त आवाजबाट तालिवान क्रुद्ध थियो । ‘मेरो आवाज बन्दूकको गोलीभन्दा कडा थियो’ उनी भन्छिन् । तालिवानको बिरोध गरेकै कारण आफूलाई जुनसुकै बेला हत्या गर्न सक्ने उनको अनुमान थियो ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गर्नेबित्तिकै घफारीलाई घरबाट भाग्न सुझाब आयो । उनका सुरक्षाकर्मीलाई तालिवानले निर्घात कुटेपछि उनलाई सुरक्षाबारे चिन्ता बढेको थियो । पछिल्ला वर्षमा उनको सुरक्षा राज्यकै चासो बनेको थियो ।

मध्ये अगस्टमा तालिवान शक्तिमा आएपछि घफारीलाई लाग्यो अब देश छोड्ने बेला आइसकेछ । अगस्ट १८ मा उनी परिवारलाई लिएर काबुल विमानस्थल हुइकिइन् । विमानस्थलसम्म पुग्दा उनी कारमा खुट्टा राख्ने ठाँउमा लुकेकी थिइन् ।

सन् २०१८ मा २६ वर्षको उमेरमा मैदान सरको मेयर बनेपछि आफूमाथि भएका विभिन्न हमला छल्न सफल भएकी थिइन्, उनी । उनी मेयर बनेको सहर मैदान सर तालिवानको किल्ला हो । तालिवानले गत वर्ष उनका पिताको हत्या गरेको थियो । उनी अफगान सेनाका सदस्य थिए ।

मध्ये अगस्टमा तालिवान शक्तिमा आएपछि घफारीलाई लाग्यो अब देश छोड्ने बेला आयो । अगस्ट १८ मा उनले आफ्नो परिवारलाई लिएर काबुल विमानस्थल हुइकिइन् । विमानस्थलसम्म पुग्दा उनी कारमा खुट्टा राख्ने ठाँउमा लुकेकी थिइन् ।

‘विमानस्थल गेटमा पुग्दा चारैतिर तालिवान लडाकू थिए, जसो तसो मैले कार भित्र लुक्ने प्रयास गरे ।’ उनी भन्छिन् । विमानस्थलभित्र पुगेपछि अफगानिस्तानका लागि टर्कीका दूतले उनलाई इस्तानबुल जान सहयोग गरे । इस्तानबुलबाट उनीहरु जर्मन उडे ।

‘बाबुको मृत्यु मेरो जीवनकै सबैभन्दा पीडादायी क्षण हो । तर, देश छोड्दा त्यो भन्दा ठूलो पीडा अहिलेसम्म महशुस गरेकी थिइन् ।,’ उनी भन्छिन् । अफगान सत्ता ढल्नु उनको जीवनकै अर्को दुःखद क्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर