महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परिणत — OSNepal

महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परिणत

LC (KTM) August 28, 2021 0

महाेत्तरी, १२ भदाै-आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेकाे थियाे । तर १० भदाै यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन ।उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेकाे हेर्न विवश छन् । उनका अनुसार रातु नदीले उनीसहित स्थानीयकाे ८ कठ्ठा खेत कटान गरिसकेकाे छ । खेत बगर बनेकाे छ।

बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेकाे छ । रातु नदीकाे बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ ।प्रभावितहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणकाे काम भइरहेकाे स्थानीय वसन्तराज साहले जानकारी दिए ।

रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ । तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणकाे तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन् । गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन् ।टहराबाट पानी चुहिएर समस्या भएकाे मुसहर वस्तीका सुनिल सदाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर