भाइरल बनेका पासाङ शेर्पालाई सहयोगका हातहरु जुट्दै , नेपाल शेर्पा संघले गर्ने भयो यति ठुलो सहयोग — OSNepal

भाइरल बनेका पासाङ शेर्पालाई सहयोगका हातहरु जुट्दै , नेपाल शेर्पा संघले गर्ने भयो यति ठुलो सहयोग

LC (KTM) August 28, 2021 0

केही दिन देखी सामाजिक सञ्जालमा भाइरल भएका पाँचथरका ११ बर्षिय पासाङ शेर्पा लाई अहिले सहयोग जुट्ने क्रम जारी रहेको छ । उनको यो अद्भुत क्षमतालाई देखेर बिभिन्न संघ संस्थाले सहयोगको हात अघि बढाएका छन् । यसैक्रममा पासाङलाई नेपाल शेर्पा संघ, नेपाल शेर्पा कलाकार संघ लगायतका संघ संस्थाले सहयोग गर्ने भएको छ ।

नेपाल शेर्पा संघले पासाङको सम्पुर्ण उपचार र पढाई खर्च ब्यहोर्ने भएको नेपाल शेर्पा कलाकार संघको अध्यक्ष नवंग शेर्पाले जानकारी दिए । त्यस्तै उनलाई अन्य सहयोगको लागि कलाकार संघ पनि तयार रहेको कुंगा शेर्पाले जनाएका छन् । टिकटक तथा युटुबमा पासाङको भिडियो देखेपछि केही सहयोग गरौ भनेर उसको घर सम्म आईपुगेको नवंग ले बताए ।

भाईको स्वास्थ्य उपचार र पढाईको खर्चका लागि सहयोग गर्ने नेपाल शेर्पा संघको अध्यक्ष ग्याल्जेन लामा शेर्पाले प्रतिबद्धता जनाएको उनले बताए । पासाङको बुवा दावा शेर्पा र आमा संझना शेर्पा जसो तसो गरेर आफ्नो दैनिकि गुजरा गरिरहेका छन् । उनीहरुको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको छ ।

एकदमै समय सान्दर्भिक गीत गाउन सक्ने कला भएका यि बालक भने एउटा बिराम बाट ग्रसीत रहेका छन् । उनले ओएस नेपाल संग कुराकानी गर्ने क्रममा आफुलाई छहारे रोग भएको बताए । उनलाई उनका बुवाले उपचार गर्नैका लागि भनेर पाँचथर बाट काठमाण्डौ लिएर आएका हुन् । अहिले यी ११ बर्षिय बालक आफ्नो बुवा संग काठमाण्डौमा रहदै आएका छन् ।

आफु ७ बर्षको हुँदा हर्नियाको अपरेशन गरे पश्चात आफुलाई छहारे रोगले समातेको पासाङको भनाई छ । कक्षा ५ मा अध्ययन गर्दै गरेका यी बालक अहिले काठमाण्डौको बिभिन्न ठाउँमा गीत गाउँदै हिड्ने गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर