‘चङ्गा चेट’का निर्माता भन्छन् यही फिल्म जस्तै भयो मेरो जीवन



केही समय अघी फिल्म ‘चङ्गा चेट’को लागी छापिएकोनक्कली नोट प्रकरणमा जेल परेर धरौटीमा रिहा भएका हुन् यसै फिल्मका निर्माता माधव वाग्ले । जेलबाट छुटेपछि उनी फिल्म ‘चङ्गा चेट’को कार्यक्रममा पुगेका छन् । उक्त फिल्मको गीत रिलिज कार्यक्रममा उनले भने मेरो रियल र रिलको कहानी एउटै भएको छ ।

२ महिना जेल बसेका वाग्लेले-‘म कस्तो मान्छे हुँ भन्ने मेरा साथीभाई र मिडिया सबैलाई थाहा छ । तर, कतिपय मिडियामा मलाई अपराधीको रुपमा चित्रित गरियो । यसमा भने चित्त दुखेको छ ।’ वाग्लेले अदालतमा आफ्नो मुद्दा चलिरहेको बताउँदै आफूले ‘न्याय पाउने’ विश्वाससमेत व्यक्त गरे । निर्माता वाग्लेले नक्कली नोटका कारण कसरी मानिसको जिन्दगी ‘चङ्गा चेट’ हुन्छ भन्ने सिनेमामा देखाइएको भन्दै आफ्नो जीवनमा पनि यही मिल्न गएको बताए ।

उनले भने-‘मैले चलचित्र विकास बोर्डबाट नक्कली नोट बनाउन अनुमति लिएको थिएँ । बोर्डबाट अनमुति लिएपछि अन्त सोधिरहनु आवश्यक ठानिनँ । तर, यसपटक मेरो जीवनकै ‘चङ्गाचेट’ भयो ।’ निर्माता वाग्लेले बागबजारमा नक्कली नोट छापेर सिनेमामा प्रयोग गरिने कुरा नौलो नभएको भन्दै आफूलाई मात्र यस्तो आइपरेको सुनाए ।

Comment