नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल आर्यलका बुबाको निधन — OSNepal

नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल आर्यलका बुबाको निधन

LC (KTM) August 29, 2021 0

नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य नकुल अर्याललाई पितृशोक परेको छ ।उहाँका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भएको थियो । उहाँ लामोसयमदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

विसं २००६ वैशाख १२ गते स्याङ्जाको साविक बानेथोक देउराली गाउँ विकास समितिमा जन्मनुभएका स्व अर्याल पछिल्लो समय भरतपुर महानगरपालिका–१२ चितवनमा परिवारसँग बस्दै आउनुभएको थियो ।विसं २०१५ को आमनिर्वाचनमा पिता शोभाकान्त अर्यालको प्रेरणाबाट कांग्रेसलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका स्व अर्याल विसं २०४६ को आन्दोलन र २०६२÷६३ को आन्दोलमा सक्रिय भएर लाग्नुभएको थियो । उहाँ चितवनको प्रजातान्त्रिक सेनानी हुनुहुन्थ्यो । स्व अर्यालका श्रीमती, छ छोरा र तीन छोरी हुनुहुन्छ ।

यसैवीच स्व अर्यालको निधनप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाले दुःख व्यक्त गरेको छ । शाखाका अध्यक्ष जगन्नाथ दुलालले आज शोक विज्ञप्ति जारी गर्दै मृतात्माको चिरशान्तिको कामना गर्दै दुःखद् घडीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर