पचासौं वर्ष रगत, पसिना बगाएर बनाएको एमाले पार्टीलाई सुदृढ गर्न एमालेतिर लागेको हो आत्मसमर्पण गरेको होइन : ज्ञवाली • OSNepal

पचासौं वर्ष रगत, पसिना बगाएर बनाएको एमाले पार्टीलाई सुदृढ गर्न एमालेतिर लागेको हो आत्मसमर्पण गरेको होइन : ज्ञवाली

Kabita Ghimire (KTM) August 29, 2021 0

काठमाडौँ भदौ १३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आफैले बनाएको पार्टी जाँदा कसरी आत्मसमर्पंण हुन्छ भन्दै प्रश्न गरेका छन् । आज बिहान एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले पचासौं वर्ष रगत, पसिना बगाएर बनाएको एमाले पार्टीलाई सुदृढ गर्न एमालेतिर गएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

आफुहरुले पार्टी विभाजन गर्न नचाहेको बताएका उनले एक नेताको कमजोरीले किन पार्टी फुटाउने भन्दै ज्ञवालीले भने, ‘एउटा नेताको कमीकमजोरीका कारण पार्टी फुटाउँदै जाने हो भने स्थिति के होला रु आज माधव नेपालले नयाँ पार्टी बनाउनुभएको छ । भोलि त्यहाँ पनि अन्तरविरोध आउँछ । भोलि साथीहरुले माधव नेपालले भनेका कुरा नमान्न सक्छन् । अनि फेरि पार्टी फुटाउँदै हिँड्ने ?”

नेपालले पार्टी फुटाएर जीवनमा सबैभन्दा ठ्लो गल्ती गरेको आरोप लगाएका उनले
अघि भने,’पार्टीमा संकटको अवस्था थियो । कोरोनाको बेला चुनाव घोषणा, दुईदुईचोटि संसद् विघटन, वरिष्ठ नेताहरुलाई कारबाही गरिएको थियो । र, ढोका नै बन्द भयो भने कुनै बेला अर्को पार्टी बनाउनतिर लाग्ने हो कि भन्ने लागेको थियो । तर पार्टी फुटाउने निष्कर्षमा पुगेका थिएनौं । पछि संसद् पुनःस्थापना भयो, केपी ओली सरकारबाट हट्नुभयो । नयाँ सरकार बन्यो । संसद् पूर्ण कार्यकाल चल्ने स्थिति आयो । १० बुँदे सहमति पनि भयो । अर्को पार्टी खोल्नुपर्ने उपादेयता रहेन ।’

प्रतिगामी अध्यादेश आएपछि नेपालले हामीसँग छलफल नै गर्नु भएन । पार्टी विभाजन नगर्न हात जोडेयौं तर केहि नलागेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर