जसजसको गठबन्धन बने पनि एमालेलाई सक्ने वाला छैन:अध्यक्ष ओली — OSNepal

जसजसको गठबन्धन बने पनि एमालेलाई सक्ने वाला छैन:अध्यक्ष ओली

LC (KTM) August 29, 2021 0

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेविरुद्ध जसजसको गठबन्धन भए पनि एक्लै लड्ने बताएका छन्। उनले चुनावमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने बताए। सबै जोड्दा पनि एमालेको कम्मरकम्मर मात्रै आउने दाबी उनले गरे। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ, कसैले नचिताए हुन्छ। एकएक दर्जन मान्छे भएका १० पार्टी मिल्दा कति हुन्छ रु १० दर्जन नै त भए होला नि होइन रु अरू सबै जोड्दा पनि एमालेको कम्मरकम्मर मात्रै आउने हुन्।’

अध्यक्ष ओलीले अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा नहुने बताए। ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन तर जो उठे पनि जित्छ,’ उनले भने। नेता नेपाललाई कटाक्ष गर्दै ओलीले पार्टीमा कुनै विभाजन नआएको तर पार्टीबाट केही पातपतिंगर झरेर गएको बताए।

दुईचारवटा पात झरेर रूखलाई कुनै क्षति नपुग्ने भन्दै उनले नयाँ दलमा जानेहरूप्रति व्यंग्य गरे। एमालेसँग असंख्य नेताकार्यकर्ता भएको उल्लेख गर्दै उनले देशलाई अगाडि बढाउने एकताबद्ध पार्टी एमाले नै भएको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर