भाजपाका नेता चौथाइवालेसंग भेट गरेका शिर्ष नेताहरुको नैतिक जिम्मेवारीप्रति नेता रावलको यो प्रश्न ? — OSNepal

भाजपाका नेता चौथाइवालेसंग भेट गरेका शिर्ष नेताहरुको नैतिक जिम्मेवारीप्रति नेता रावलको यो प्रश्न ?

LC (KTM) August 29, 2021 0

काठमाडौं १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष नेता भीम रावलले सत्तारुढ दललाई प्रश्न गरेका छन् ।

नेता रावलले ट्वीटर मार्फत भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने क्रममा कुन कुन नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय कुरा उठाएछन् भन्ने जानकारी नेपाली जनतालाई गराएर आफ्नो नैतिक जिम्मेवारी बोध गर्ने कि भन्दै प्रश्न गरेका हुन् ।

केहि दिन अगाडी नेपाल आएका भाजपाका नेता चौथाइवालेसँग विभिन्न शिर्ष नेताहरुले भेटवार्ता गरेका थिए । यहि विषयलाई लिएर नेता रावलले नेताहरुको नैतिक जिम्मेवारी प्रति प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर