प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित प्रतिनिधिहरुलाई नयाँ दलमा ल्याउन नेपालको निर्देशन — OSNepal

प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित प्रतिनिधिहरुलाई नयाँ दलमा ल्याउन नेपालको निर्देशन

LC (KTM) August 29, 2021 0

काठमाडौं १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानूनहरु बनाउन र काम गर्न सहज हुने बताएका छन् ।

नयाँ दलले मान्यता पाएसँगै पहिलो पटक आज आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत गठवन्धन सरकारको बहुमत पुगेको बताएका नेपालले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित प्रतिनिधिहरुलाई पनि नयाँ दलमा ल्याउन निर्देशन दिएका छन् ।

बैठकमा नेपालले प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र आफ्नो दलको २३ छ भएकाले बहुमत पुगेको बताएका हुन् ।

त्यस्तै, राष्ट्रियसभामा पनि माओवादीको १३, कांग्रेसको ७, आफ्नो दलको ७ जना रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर