अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ — OSNepal

अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ

Kesh Karki (USA) August 29, 2021 0

अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् ।सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ सिद्धबाबा, सिसुवा, तिनाउ–५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

यस्तै तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, सेरा र रम्भा गाउँपालिका–३ सीतापहाडमा पहिरो खसेको छ । त्यस्तै तानसेन–रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सडक अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या परेको छ । अवरुद्ध बनेका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर