नेकपा एमालेले १० बुँदे प्रस्ताव कार्यान्यवनको सहजीकरणका लागि सातै प्रदेशमा यी नेताहरुलाई जिम्मेवारी दियो — OSNepal

नेकपा एमालेले १० बुँदे प्रस्ताव कार्यान्यवनको सहजीकरणका लागि सातै प्रदेशमा यी नेताहरुलाई जिम्मेवारी दियो

LC (KTM) August 30, 2021 0

काठमाडौँ १४ भदौ । १० बुँदे प्रस्ताव कार्यान्यवनको सहजीकरणका लागि नेकपा एमालेले सातै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

आज सोमबार जारी गरेको अन्तर पार्टी निर्देशनमा सातै प्रदेशमा १० बुँदे कार्यान्वयनको सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी दिइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानिमा पार्टीको सबै तहका जनप्रतिनिधिलाई १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न निर्देशन दिइएको छ । भने पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट क्रियाशील हुन निर्देशन समेत गरिएको छ ।

प्रदेश नं. १ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश नं. २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु शाह, सुमन प्याकुरेल, ज्वाला कुमारी साह तोकिएको छ । साथै

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल , गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा, लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी र लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मीलाई सहजीकरणको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर