आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो भन्दै प्रदीप नेपालले छाडे नेपालको साथ — OSNepal

आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो भन्दै प्रदीप नेपालले छाडे नेपालको साथ

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । नेकपा एकीकृत समाजवादी पार्टी का नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाड्ने भएका छन् ।

नेता नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई अध्यक्ष नेपालले धोका दिएको भन्दै नेपालको साथ छोड्ने बताएका हुन् ।

तर उनले आफु केपी ओली तानाशाही भएकाले ओेलितिर पनि नजाने बताएका छन् ।

‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो ! विदा ’ नेपालले लेखेका छन् ।

नेकपा एमालेतिर पनि नजाने बताएका उनले भनेका छन्, ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ नेपालले पनि झेली कुरा गर्न सिक्नुभएछ ।’

पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर