अहंकारी गुटले एमालेको कब्जा गरेकाले विद्रोह गरेको हो पार्टी फुटाएको होइन : झलनाथ खनाल — OSNepal

अहंकारी गुटले एमालेको कब्जा गरेकाले विद्रोह गरेको हो पार्टी फुटाएको होइन : झलनाथ खनाल

LC (KTM) August 30, 2021 0

काठमाडौँ १४ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफु ७१ वर्षमा लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने बताएका छन् ।

आज सोमबार उपचार पछि काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डे नेताहरु पुगेका थिए ।

उनले सम्बोधन गर्ने क्रममा आफुहरुले नेकपा एमाले नफुटाएको भन्दै विद्रोह गरेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताउँदै अहंकारी गुटले एमालेको कब्जा गरेको आरोप समेत लगाए ।

आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको बताउँदै उनले यो जीवन नाफा र बोनसको जीवन भएको बताएका छन् ।

‘७१ वर्ष पार गरिसकेँ । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर