मधेशको मुद्धामा आधारीत चलचित्र एक को ट्रेलर सार्वजनिक — OSNepal

मधेशको मुद्धामा आधारीत चलचित्र एक को ट्रेलर सार्वजनिक

LC (KTM) August 30, 2021 0

नेपालमा राजनितीक बिषय वस्तुमा अचेल फिल्म बन्ने क्रम सुरु भएको छ । यसै मध्ये मधेशको मुद्धालाई लिएर देशनै बिखण्डनमा लैजाने षडयन्त्रका बिरुद्धमा बनेको चलचित्र एक को ट्रेलर सार्वजनिक भएको छ ।

चर्चित निर्देशक मनोज पण्डितको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र एकले देशको राष्ट्रिय अखण्डता बिरुद्ध कदम चाल्ने कुतत्वहरुको बिरुद्ध चलाइएको एक मिसनमा केन्द्रित रहेको छ । यस फिल्मलाई आत्मा गुरागाई र सोफिया थापाले निर्माण गरेका हुन् भने छायांकन दिपक बज्रचार्यले गरेका छन् ।

दसैंको फुलपातिका दिन रिलिज हुने यसचलचित्रको पात्रहरुमा बिशाल पोख्रेल, प्रमोद अग्रहरी , ज्योत्स्ना योगी, प्रमोद खड्का लगायत रहेका छन् । यस चलचित्रको ट्रेलर आज युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर