महेश बस्नेतको टिप्पणी गठवन्धनको यो सरकारलाई सुरुमै कुपोषण लाग्यो — OSNepal

महेश बस्नेतको टिप्पणी गठवन्धनको यो सरकारलाई सुरुमै कुपोषण लाग्यो

LC (KTM) August 31, 2021 0

भक्तपुर १५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद मेहश बस्नेतले अहिलेको सरकारलाई सुरुमै कुपोषण लागेको टिप्पणी गरेका छन् ।

एक कार्यक्रममा सहभागी भएका उनले दल फुटाउन तिर लागेकाले यो सरकारले पुर्णता पाउन नसेकेको आरोप लगाउँदै यस्तो टिप्पणी गरेका हुन् ।

एमालेले कारवाही गरेको १४ सांसदलाई समेत सभामुख अग्नी सापकोटाले बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप समेत नेता बस्नेतले लगाएका छन् ।

सापकोटाको यो कार्यशैलीले नेपाली राजनीति र संबिधानको सवालमा गलत नजिर बसालेको समेत उनेको ठहर रहेको छ ।

कार्यक्रममा उनले अध्यक्ष प्रचण्डलाई च्याँखेको संकेत दिँदै अगामी चुनावमा पनि महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न लागेको उनको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर