अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न : ज्ञवाली — OSNepal

अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न : ज्ञवाली

LC (KTM) August 31, 2021 0

काठमाडौं १५ भदौ । प्र्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माधव नेपालले पार्टी फुटाएर ठुलो गल्ती गरेको बताएका छन् ।

सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमाले सिध्याउने प्रयास नगर्न भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’ कार्यक्रममा उनले भने ।

आफुलाई सिध्याउने दिशातर्फ लागि परेका नेपालले अब महसुस गर्ने समेत बताएका छन् । नेपाललाई प्रश्न गर्दै कर्णाली प्रदेश संयोजक समेत रहेका ज्ञवालीले भने, ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ,एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’

पार्टी एकताको लागि अन्तर संघर्ष गरौं तर पार्टी विभाजन नगरौँ भन्दा पनि नेपालले नमानेपछि साथ छोड्नु परेको उनको तर्क रहेको छ । अध्यक्ष केपी ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न उनलाई कर्णाली प्रदेशको संयोजक बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर