झक्कड थापा भन्छन् नरेश पातलीभन्दा त म राम्राे गाउंछु, चर्चित संगीतकारहरु मेराे गीत गाईदिनुस् भनेर हैरान गर्छन् (भिडियो)



काठमाडौं । गायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका झक्कड़ थापाले त्यसमा अगाडी बढ्न त सकेनन्, तर सामजिक संजालमा भने प्रख्यात भए । नेपाल आइडल, सुर र गलाको परिक्षा हो, जहाँ झक्कड़ थापा असक्षम ठहरिए। तर, उनको निर्दोषीपाना र प्रस्तुतिकरणले सबैलाई आकर्षित गर्यो। कसैले मनोरंजनको लागि त कसैले त्यो निर्दोषीपना देखाउनको लागि भिडियो सेयर गर्दा गर्दै उनी भाइरल हुन पुगे ।

अहिले बाटोमा हिंड्दा मानिसहरुले चिन्ने र केहीले सहयोग समेत गरेको उनी बताउँछन्। झक्कड़ थापालाई अहिले पनि गीत गाउने र अभिनय गर्ने रहर छ, तर उनको बाध्यता भने अर्कै छ । झक्कड़ थापा भारतमा सामान्य काम गरेर पांच/छ हजार कमाउथे, अहिले भने उनी काम पाइने आशामा काठमाडौंमा आएका छन्। झक्कड़ थापाका बुवा पैसाको अभावमा उपचार गर्न नपाउँदा परलोक भए । झक्कड़को सानै उमेरमा विवाह भएको थियो ।

Comment