सुदूरपश्चिम प्रदेशमा नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत नेता रावललाई ठुलो धक्का — OSNepal

सुदूरपश्चिम प्रदेशमा नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत नेता रावललाई ठुलो धक्का

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको बहुमत पुगेको छ ।

एमालेबाट फुटेर नयाँ दल दर्ता गरेका नेपाललाई नेकपा ९एमाले०बाट निर्वाचित १३ सांसदले साथ दिएका छन् । एमालेबाट २४ सांसद रहेको । सुदूरपश्चिम प्रदेशमा १७ जना सांसद नेपालको पक्षमा उभिएपछि केपी ओली नेतृत्वको एमाले भने अल्पमतमा परेको छ ।

१३ जना मध्ये तीन सांसदहरूको भने कागजपत्र नपुगेकाले भोलि सनाखत हुने भएको छ । दीर्घबहादुर सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको हस्ताक्षर भने भोली हुने भएको छ । उपाध्यक्ष भीम रावलले भने अन्तिम समयमा आएर ओलीलाई साथ दिएका थिए ।

नेकपा एस पार्टीमा जान प्रदेश निवार्चन आयोग पुगेका छन्, यी सांसदहरु ;
१. पूर्णा जोशी
२ माया भट्ट
३. दुर्गा विक
४. अमर साउँद
५. कुलवीर चौधरी
६. मीना साउँद
७. दल बहादुर सोडारी
८. चुनकुमारी चौधरी
९. लालबहादुर खड्का
१०. सुशीला बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर