कर्णाली प्रदेशका यी ३ सांसदले त्यागे एमाले आजै नेपाल नेतृत्व नेकपा एस पार्टीमा सनाखत गर्ने — OSNepal

कर्णाली प्रदेशका यी ३ सांसदले त्यागे एमाले आजै नेपाल नेतृत्व नेकपा एस पार्टीमा सनाखत गर्ने

LC (KTM) September 01, 2021 0

काठमाडौं १६ भदौ । कर्णाली प्रदेशका नेकपा एमालेका ३ जना सांसद माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी (एस) रोजेका छन् ।

एमाले छाड्नेमा चन्द्रबहादुर शाही, पदम रोकाय र देवी ओली रहेका छन् । दल त्याग गरेकाले आजै सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गर्ने भएका छन् ।

कर्णाली प्रदेशमा एमालेका २० सांसद रहेका थिए । जसमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पार्टीले यस अघि नै कारबाही गरिसकेको छ ।

अब बाँकी सभामुखसहित १६ सांसद मध्येमा पनि ३ सांसदले दल त्याग गरेपछि एमालेमा अब मात्र १३ सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर