ब्राजिलमा कोरोनाबाट एकै दिन ७५ हजार संक्रमित थपिए,२ हजार ५१३ जनाको मृ त्यु — OSNepal

ब्राजिलमा कोरोनाबाट एकै दिन ७५ हजार संक्रमित थपिए,२ हजार ५१३ जनाको मृ त्यु

LC (KTM) May 19, 2021 0

रियो डे जेनेरियो ५ जेठ – ब्राजिलमा कोभिड १९ बुधबार कोरोना सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृ त्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोनाबाट मृ त्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ ।विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।

कोरोनाबाट ज्या न गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोनाका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् ।(रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर