नारायणगढ–मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो,सडक अवरुद्ध — OSNepal

नारायणगढ–मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो,सडक अवरुद्ध

Kesh Karki (USA) September 03, 2021 0

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर