सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति आखिर किन रोकिन्छ ? [भिडियो हेर्नुहोस ]



अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् । किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।

Comment