संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको छ : कोइराला



विराटनगर, २ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताउनुभएको छ ।

कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आज यहाँ आयोजित इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले विभिन्न जात, जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गर्छ ।” कोइरालाले नेपालको संविधानले सबै जात र जातिलाई समान अधिकार प्रदान गरेको छ भन्नुभयो ।

कौमी एकता मञ्च विराटनगर नेपालका अध्यक्ष ताजिम अहमदको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता हसन अन्सारीले बहुभाषी कविता सम्मेलनले सबैलाई एकताबद्ध बनाउने बताउनुभयो । कार्यक्रममा विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका सम्पादका मोहन भण्डारी, भगवान झा, गुड्डु मिया, अबुल हसन नदवी, सङ्गीता मिश्र र सनातन मण्डललाई पनि सम्मान गरिएको थियो ।

Comment