चलचित्र द प्रिन्सकाे सुटिङ अन्तिम चरणामा : नायिका कशिस दाहाल



नेपाली सिने जगतमा सम्भावनायुक्त नायिका तथा मोडल कशिस दाहालको व्यस्तता बढ्दै गएको छ । विभिन्न चलचित्र, म्युजिक भिडियो एवं देश–विदेशका कार्यक्रमहरूमा व्यस्त कशिसको प्रशंसा नगर्नेहरू कमै छन् । उनले ओएस नेपालसंग को विशेष कुराकानी का क्रममा नेपालमा चलचित्र क्षेत्रमा सकरात्मक प्रतिशप्रधा अत्यधिक रुपले बढ्दै गएको कुराले आफुलाई खुसी बनाएको बताएकी हुन ।

नेपालमा नायिकाहरुको भिडमा पूर्व बाट एक चर्चित अनुहार कशिस दाहाल हुन् । उनले सुटिङ्कै क्रममा मेचि देखा महाकाली सम्म को यात्रा गरिसकेकी छन् । मलेसियाको लामो भ्रमण का क्रममा उनले दर्जनौ एल्बमहरु मा खेलेर म्यूज़िक क्विनको रुपमा आफुलाई चिनाउनु भएको थियो । 

आफूले अभिनय गरेको चलचित्र द प्रिन्सकाे सुटिङ अन्तिम चरणामा पुगेकाे अभिनेत्री कशिस बताउँछिन् । इटहरीकी स्थायी बासिन्दा कशिस हँसिली तथा फरासिलो स्वभावकी छिन् ।

अभिनय तथा नृत्यमा पोख्त कशिस सुन्दर मुहार र आकर्षक शरीरकी धनी छिन् । मोडलिङ हुँदैचलचित्रमा प्रवेश गरेकी दाहालले करिब आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् भने दर्जनौं म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौं दर्शकको मनमा छाप छोडेकी छिन् ।

Comment