सीमा नजिकै भएको झडपमा २३ जना सैनिकको मृत्यु — OSNepal

सीमा नजिकै भएको झडपमा २३ जना सैनिकको मृत्यु

LC (KTM) September 03, 2021 0

म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ । म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन ९एनडीए० ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको मत परिणामलाई यहाँको सैनिक नेतृत्वले अस्वीकार गरेपछि देशभर एनडीए समर्थक नागरिक र सरकारी सुरक्षाकर्मीहरूबीच झडपहरू भइरहेका समय चीनको सीमा नजिकै सक्रिय अर्को विद्रोही समूहले उक्त आक्रमण गरेको बताइएको छ । उक्त समूहले पनि सैनिक विरोधी लडाईमा एनडीएलाई सघाउँदै आएको छ ।

उक्त समूहका प्रवक्ता तथा स्थानीय सञ्चारमाध्यमहरूमा आएका रिपोर्ट अनुसार अगस्त २८ मा सैनिकहरूले म्यानमार राष्ट्रिय डेमोक्रेटिक अलायन्स आर्मी ९एमएनडीएए० बाट आधार जफत गर्न खोज्दा शान राज्यको मोङकोमा मुठभेड भएको हो । “उनी ९सैनिक०हरू हाम्रो आधार क्षेत्र कब्जा गर्न आएपछि झडप भएको छ । हाम्रो समूहले उनीहरूलाई पहाडको टुप्पोमा बसी प्रतिकार गर्दा केही सैनिकको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

विद्रोहीले सैनिक अघि बढेपछि आफ्नो आधार इलाकालाई जोगाउन प्रतिकार गरेका छौँ ,” भूमिगत दल एमएनडीएका प्रवक्ताले एएफपीलाई बताए । उनका अनुसार अगस्त २८ मा पन्ध्र जना सैनिक मारिएको र सेप्टेम्बर १ मा पुनः भएको झडपमा थप आठ जना को मृत्यु भएको छ भने उक्त घटनामा उक विद्रोही लडाकूको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

सेनाले अगस्त २८ मा भएको मोङकोमा एमएनडीएएसँगको लडाइँमा एक अधिकारी र अन्य दर्जाका केही कर्मचारी मारिएको पुष्टि गरेको छ भने पछिल्लो घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । म्यानमारमा २० भन्दा बढी जातीय विद्रोही समूहहरू छन् जसमध्ये धेरैले देशको सीमावर्ती क्षेत्रहरूमा इलाका राखेका छन् । स्वायत्तताको विषयमा अस्वस्थ संघर्ष गर्दै आउका उनीहरू मुनाफादायी औषधी उत्पादन तथा प्राकृतिक स्रोतसाधनको नियन्त्रणका लागि एकअर्काबीच वा सरकारी सेना विरुद्ध सङ्घर्ष गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर