रोनाल्डोले हस्ताक्षर गरेको म्यान्चेस्टर युनाइटेडको पहिलो जर्सी मगाइन् बेलायती महारानी एलिजाबेथले — OSNepal

रोनाल्डोले हस्ताक्षर गरेको म्यान्चेस्टर युनाइटेडको पहिलो जर्सी मगाइन् बेलायती महारानी एलिजाबेथले

LC (KTM) September 03, 2021 0

काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्वितीयले फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसँग अटोग्राफ मागेकी छन् । अटोग्राफ दिएसँगै महारानी एलिजाबेथलाई अटोग्राफ दिने रोनाल्डो एकमात्र मानिस बनेका छन् ।

त्यस्तै सामाचारमा जनाइए अनुसार एलिजाबेथ रोनाल्डोले हस्ताक्षर गरेको म्यान्चेस्टर युनाइटेडको पहिलो जर्सी पनि मागेको बताइएको छ । महारानीले आफ्नो राजदरबारका कर्मचारीहरुका लागि समेत गरी रोनाल्डोले नामका कूल ८० वटा म्यान्चेस्टर युनाइटेडका जर्सी मागेको बताइएको छ ।

नाल्डोको युनाइटेड आउने निर्णयले महारानी खुसी भएपछि पहिलो जर्सी मागेको बताइएको छ । १२ वर्षअघि म्यान्चेस्टर युनाइटेड छाडेर स्पेनिस क्लव रियल मड्रिड गएका रोनाल्डो गत हप्ता मात्र ओल्ड ट्राफोर्ड फर्किएका थिए । ट्रान्सफर मार्केटमा रोनाल्डो म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेका बेला अचानक युनाइटेड उनलाई भित्रयाउन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर