५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ — OSNepal

५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ

LC (KTM) September 04, 2021 0

काठमाडौं, १९ भदौ-५१ किलोग्राम लागुऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिभिन्न चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका–१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका– ८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका–३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चिवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका–१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर