मुगुका तीन स्थानीय तहमा खुले विद्यालय — OSNepal

मुगुका तीन स्थानीय तहमा खुले विद्यालय

LC (KTM) September 04, 2021 0

भदौ- मुगूम कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मुगूम कार्मारोङ्गमा गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालय लामो समयपछि पुन: सञ्चालनमा आउन थालेका हुन\ ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सामाजिक दूरी कायम राख्दै विद्यालय सञ्चालनमा ल्याइएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

विद्यालय खुलेपछि सावधानीपूर्वक विद्यार्थीलाई पठनपाठन सुरु गरेका र विद्यालयमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले जानकारी दिए ।

कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकfले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर