प्रधानमन्त्री ओलीले भने, ‘संविधानमा मिल्ने भए म र प्रचण्ड दुवैजना प्रधानमन्त्री हुन्छौँ’



काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फाटो ल्याउन खोजिएको भन्दै दुःख व्यक्त गरेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूहरुबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । तर, आफूबीच फाटो ल्याउने प्रयास सफल हुन नदिने उनको भनाइ छ ।

देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने भन्दै अध्यक्ष ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाए । सोही कार्यक्रममा रहेका अर्का अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे ।

Comment