आज राति मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना — OSNepal

आज राति मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना

LC (KTM) September 05, 2021 0

काठमाडौं, २० भदौ- आज आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । बिहान काठमाडौंको आकाश पनि धुम्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । सोमबार राति प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर