• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

स्टार्टअप वर्ल्ड कपको फाइनलमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी

स्टार्टअप वर्ल्ड कपको फाइनलमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी


  • ओएसनेपाल
  • जेष्ठ ५ २०७८, बुधबार
  • ३:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 23.8K
    SHARES

    स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको बुधबार आज भएको फाइनलमा ट्याक्सीमाण्डु सर्भिस प्रा.लिका अर्जुन केसी बिजयी भएका छन् । यो प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न कम्पनीका १० उत्कृष्ट स्टार्टअपहरुले भाग लिएका थिए । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो ।

    अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो । स्टार्टअप वल्र्डकपको नेपाल एडिसनमा उत्कृष्ट १० स्टार्टअपहरु छनौट भएका थिए ।

    बिजयी ट्याक्सीमाण्डुका अर्जुन केसीले आयोजककै खर्चमा अमेरिकाको सान–फ्रान्सिस्कोमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् । स्टार्टअप वर्ल्ड कपको कोअर्डिनेटिङ पार्टनरको रुपमा राष्ट्रिय युबा परिषद रहेको छ । अन्य सह–आयोजकहरुमा क्यान फेडेरेशन नेपाल, आइसिटी एशोसियसन नेपाल, सिएसआईटी एशोसियसन नेपाल र रोबोटिक एशोसियसन नेपाल रहेका छन् ।

    नेपालका उत्कृष्ट १० स्टार्टअपहरुमा कुल थर्मल ईनजी, स्याटेलाईट स्टार्टअप, ईन्नेभेटिभ अटोमोबाईल लगायत रहेका थिए । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१२ करोड नेपाली रुपँया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com