निर्देशक सुदर्शन थापाले आज प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गर्दै — OSNepal

निर्देशक सुदर्शन थापाले आज प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गर्दै

LC (KTM) September 06, 2021 0

काठमाडौं- निर्देशक सुदर्शन थापाले आज प्रेमिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गर्न लागेका छन् । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रिया सँग इन्गेजमेन्ट गर्न लागेको बताइएको छ । रेडिसन होटेलमा यी दुईले परिवारको उपस्थिमा इन्गेमेन्ट गर्न लागेको बताइएको छ ।

लामो समय देखीको प्रेम सम्बन्धलाई यी दुवैले विवाहको रूप दिन लागेका हुन् । सुप्रिया नायिका तथा समाचार बाचिका पनि हुन् ।एपी वान् टेलिभिजनमा कार्यरत रहेकी सुप्रियाले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर