१७ वर्षको छोराले मध्यरातमा आमालाई मोवाइलमा पासवर्ड पठाएर मरे : आमाको बिहान होश खुल्दा बोल्दै सकिनन् — OSNepal

१७ वर्षको छोराले मध्यरातमा आमालाई मोवाइलमा पासवर्ड पठाएर मरे : आमाको बिहान होश खुल्दा बोल्दै सकिनन्

LC (KTM) May 20, 2021 0

जवान छोराको रहस्यमय निधनले आमा बिचलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक निधनको खबरले आमा बिचलित भएकी हुन् । उनले छोराको निधन रहस्यमय भनेकी छन् । शव हेर्दा उनको शरिरमा देखिएका चिन्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् ।

छोरालाई गीतमा निकै रुची थियो, घरमा आमालाई पनि घरेलु काममा पनि निकै सघाउँथे, ब्यवसायको निकै राम्रो सुझाव दिने त्यस्तो सुझवुझ भएको छोराको अचानक निधनले परिवारलाई नै निकै चिन्तित बनाएको छ । काठमाडौ सात दोवाटोमा बस्ने १७ वर्षका युवकको श व पोखराको फेवा तालमा फेला परेको हो । १७ वर्षका नुभिव उप्रेती पोखरामा मृ त फेला परेका थिए ।

तर उनको निधन हुनु अघि सम्म उनले निकै शंकास्पद गतिविधि गरेको आमाको भनाई छ । छोरालाई पक्कै केही डर थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।

भिमा मैनाली(भगवती मैनाली उप्रेती) को छोराको निधन भएको हो । उनले प्रहरीले घटनालाई दे ह त्याग बनाएको बताएकी छन् । जुन कुरा उनीहरुले स्वीकार गरेका छैनन् । छोरा नै हाम्रो गार्जेन जस्तै थियो, विहान मलाई पानी तताएर खुवाएको थियो, उ लाइब्रेरीमा वुक किन्न जान्छु भनेको थियो आमाले भनिन्, अघिल्लो शुक्रवार नै बुवाले कलेज छोड्न जानुभएको थियो ।

उमेरले सानै भएपनि निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्रहरीले मृत भेटियो भनेर खबर आएपछि छक्क परेको बताइन् । अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर