एमसीसी उपाध्यक्ष फातिमाको विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिँदा देखिए यस्ता दृश्यहरु, हेर्नुहोस् फोटोफिचर — OSNepal

एमसीसी उपाध्यक्ष फातिमाको विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिँदा देखिए यस्ता दृश्यहरु, हेर्नुहोस् फोटोफिचर

LC (KTM) September 09, 2021 0

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिँदै

एमसिसी उपाध्यक्ष काठमाडौंमा, आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् ।

नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्नेु भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर