कुबेतमा बालुवाको ढिस्कोले पुरिएर २ झापाली युवाको निधन — OSNepal

कुबेतमा बालुवाको ढिस्कोले पुरिएर २ झापाली युवाको निधन

LC (KTM) September 09, 2021 0

बैदेशीक रोजगारीको सिलसिलामा कुबेत पुगेका २ झापालीहरुको मृत्यु भएको छ । झापाको गोलधाप र चकचकीका एक एक जना युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको गोलधाप १ का यमबहादुर कटुवाल र चकचकी ६ का सुकलाल राजबंशी रहेका छन् ।

उनीहरु दुबै जनाको मृत्यु भएको पुष्टि कुवेतस्थित नेपाली दुतवाासले गरेको छ । उनीहरुको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको दुताबासले जनाएको छ ।

बुधबार कुवेतको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलतर्फ भूमिगत पाइप मर्मत गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो । यहि घटनामा परेर रोल्पाको मिझिङका सर्वजित महरा गम्भीर घाइते भएको दुताबासले जनाएको छ । हाल उनको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर