पौडेलको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन — OSNepal

पौडेलको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

LC (KTM) September 09, 2021 0

काठमाडौँ । अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ धमाधम विस्तार गर्न थालिएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवं मेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रीय नेपाली युबा उधमी महासंघ अमेरिका गठन भएको हो ।

महासंघलाई युवा उद्यमीहरूको ब्याबसायिक सन्जालका रुपमा विकाश गरिने बताइएको छ । अध्यक्ष रमेश एम के पौडेलका अनुसार यो संजाल ब्याबसायिक सोच,बिचार र बिशेषज्ञताको केन्द्र भएका कारण यसले श्रृजनात्मक सोचको बिकाश गर्ने र यूबा उधमीहरू मार्फत स्वदेश र परदेशलाई जोड्नेछ ।

महासंघ अमेरिकामा उपाध्यक्ष नारा खकुरेल,सचिब रोशन बुढाथोकी ,सह सचिब हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन भने सदस्यहरूमा छिरिगं ‘डोका’ अब्राहम ,राधा थापा, प्रितेश कार्की ,नबराज आलेमगर,अमृत महतो , प्रसन्न संग्रौला र बिक्की पुलामी छन ।

महासंघ अमेरिकामा ह्यारी भण्डारी,गौरी जोशी ,एसी शेर्पा राजन थपलिया,डिलाराज भट्ट र नारायण पुरी सल्लाहकारका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर