मनकामनामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल



सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल माघ २६ गते शनिबार नेपाल सम्बत ११३९ सिल्लाथ्व तदनुसार सन् २०१९ फेब्रुवरी ९ तारिक शुक्लपक्ष चतुर्थी तिथि प्रातः ९ वजेर २१ मिनेट सम्म उप्रान्त पञ्चमी तिथि,उत्तरभाद्रा नक्षत्र अपरान्ह २ वजेर ५२ मिनेटसम्म उप्रान्त रेवती नक्षत्र,सिद्धियोग,भद्राकरण, आनन्दादियोग धूम्र,सूर्य मकर राशीमा,चन्द्रमा मीन राशीमा । प्रातः ९ वजेर २१ मिनेट सम्म योगिनी नैऋत्य उप्रान्त दक्षिण दिशामा,काल पूर्व र पाश पश्चिम एवं चन्द्रमा उत्तर दिशमा भ्रमण गर्नेछ । उत्तर दिशाको यात्रा शुभ रहनेछ ।

मुहूर्त
राहुकालः–अशुभ विहान ९ वजेर ३३ मिनेटबाट १० वजेर ५६ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर ४ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ६ वजेर ४८ मिनेटबाट ८ वजेर १० मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर १५ मिनेटबाट ८ वजेर ५९ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५६ वजेबाट मध्यान्ह १२÷४० वजेसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १० मिनेटसम्म काल वेला,८ वजेर १० मिनेटबाट ९ वजेर ३३ मिनेटसम्म शुभ वेला,९ वजेर ३३ मिनेटबाट १० वजेर ५५ मिनेटसम्म रोग वेला,१० वजेर ५५ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म उद्वेग वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म चर वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर ३ मिनेटसम्म लाभ वेला,३ वजेर ३ मिनेटबाट ४ वजेर २६ मिनेटसम्म अमृत वेला र ४ वजेर २६ मिनेटबाट सूर्यास्तसम्म

काल वेला रहनेछ ।
रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर २७ मिनेटसम्म लाभ वेला,७ वजेर २७ मिनेटबाट ९ बजेर ४ मिनेटसम्म उद्वेग वेला,९ वजेर ४ मिनेटबाट १० वजेर ४२ मिनेटसम्म शुभ वेला,१० वजेर ४२ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म अमृत वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ५६ मिनेटसम्म चर वेला,१ वजेर ५६ मिनेटबाट ३ वजेर ३३ मिनेटसम्म रोग वेला,३ वजेर ३३ मिनेटबाट ५ वजेर १० मिनेटसम्म काल र ५ वजेर १० मिनेटबाट सूर्योदयसम्म लाभ वेला रहनेछ ।

मेषः– अस्थिरता बढ्नेछ । समयमा काम गर्न नसक्दा उपलब्धि गुमाउनु पर्नेछ । अनावस्यक वाहिरी काममा धेरै समय खर्च हुनेछ । विश्वास र भरोसामा काम गर्दा डुबिनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । मिथ्या कुराले सताउनेछ । जोखिम मोलेर काम नगर्नु होला ।

वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । आम्दानीका नयाँ मार्ग फेला पर्ने छन् । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला कुनै काम पछि गर्छु भनेर नराख्नु होला आम्दानी गुम्नेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक जीवन शुरु हुनसक्छ ।

मिथुनः– समय परिस्थितिले साथ दिनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काममा सहजता र सरलता आउनेछ । नोकरी तथा राजनीतिमा सामान्य सफलता मिल्नेछ । उदाहरणीय र प्रशंसनिय काम हुनेछन् । काम गर्ने जोश जागर घट्ने छैन । बोलिको प्रभाव कम पर्नेछ । व्यवसायिक गतिविधि अगाडि बढ्ने छन् ।

कर्कटः– समयमा विस्तारै सुधार आउनेछ । मानसिक तनाव घट्नेछ । दुविधामा नपर्नु होला । कुटनैतिक विधि प्रयोग गरेर काम गर्नु होला । साना साना कुरामा हेलचक्र्याई गर्नु भयो भने पछि दुःख पाउनु हुनेछ । दीक्षा यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

सिंहः– काम गर्ने वातावरण खलबलिनेछ । गएका ठाँउमा अपमानित हुने अवस्था आउन सक्छ । मानसिक तनाव बढ्नेछ । गलत व्यक्तिको संगले पोल्ने छ । अनावस्यक काम बढि हुनेछन् । व्यापार व्यवसायमा अझै सुधार देखिन्न । स्वास्थ्य कामजोर हुनेछ । पारिवारिक सन्तुष्टि कम मिल्नेछ ।

कन्याः– मनलाई नियन्त्रणमा राखेर काम गर्नु होला । समयको सदुपयोग गर्न पछि नपर्नु होला । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । आयत निर्यात व्यापारबाट आय आर्जन बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । समयमा कामको टुङ्गो लगाउनु होला नत्र पछि पश्चताप हुनेछ ।

तुलाः– विरोधी आफै कमजोर हुदै जानेछन् । आफ्ना आन्तरिक कुरा कसैलाई नभन्नु होला । मेहनतबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । घरका समस्याबाट मुक्ति भने मिल्ने छैन । अरुको भर नपर्नु होला ।

वृश्चिकः– कार्य योजना बनाएर अगाडि बढ्नु होला । आफ्नो काममा आफै अग्रसर भएर गर्नु होला । इष्टमित्र साथी भाईको भर परेर कुनै काम नगर्नु होला धोका हुनसक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । संघर्षबाट सफलताका सिढि चढ्न सजिलो हुनेछ । झुट्टा आश्वासनको पछि नदौडिनु होला ।

धनुः– घर व्यवहार कसरी चलाउने भन्ने चिन्ता बढ्नेछ । स्पष्ट नीति नहुदा अगाडि बढ्न सकिने छैन । आम्दानीबाट विमुख हुने अवस्था आउन सक्छ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ । आलस्यता बढ्नेछ । पढाईमा ध्यान कम जानेछ । विश्वास गरेका व्यक्तिले धोका दिन सक्छन् सर्तक हुनुहोला । व्यापार घट्नेछ ।

मकरः– समयको सदुपयोग गर्नु होला नत्र अवसर फुत्किन सक्छ । काम गर्न सके कमाई राम्रै हुनेछ । स्वतन्त्र उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । अरुबाट सहयोगका धेरै आशा नगर्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । पठन पाठनमा भने प्रगति हुनेछ ।

कुम्भः– घमण्ड गरेर कुनै फाईदा हुने छैन । कुरा मात्र होईन आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला । भाग्यले थोरै साथ दिनेछ । वैदेशिक कामबाट आंशिक लाभ हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी गर्नु होला नत्र आफुले लिने ठाँउ अरुले लिने छन् । आर्थिक संरचनालाई नचलाउनु होला ।

मिनः– समयले साथ दिनेछ उपयोगिताको सिद्धान्त नछोड्नु होला । भाग्य भन्दा कर्ममा विश्वास गरेर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । मित्रहरु सँग भेटघाट हुनेछ । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । पारिवारिक सुख मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

Comment