२४ घण्टामा प्रदेश नं १ मा ३९० कोरोना संक्रमित थपिए,छ जनाको मृत्यु — OSNepal

२४ घण्टामा प्रदेश नं १ मा ३९० कोरोना संक्रमित थपिए,छ जनाको मृत्यु

LC (KTM) September 10, 2021 0

विराटनगर, २५ भदौ- २४ घण्टामा प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२० मध्ये विराटनगरमा ५०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा पाँच, इलाम र सङ्खुवासभामा दुई दुई, ताप्लेजुङ, खोटाङ र उदयपुरमा एक एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ४२५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक माहिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर